गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयको निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्न (कासमू) फाराम नष्ट भएकाले कर्मचारीले पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित कार्यालयमा दर्ता गराउन आग्रह गरेको छ ।
असोज २२ देखि २८ सम्म पुुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित कार्यालयमा दर्ता गराउन मन्त्रालयले सम्बन्धित कार्यालयलाई आग्रह गरेको हो । लोक सेवा आयोग, बढुुवा समितिका सचिवलाय सबै, मन्त्रालय, आयोग, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गरी अगजनी र तोडफोडबाट नष्ट भएका कार्यालयका कर्मचारीले कार्यसम्पादन फाराम पुनः भर्न मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ भन्दा अघिल्लो वर्षका मूल्याङ्कन कार्य सम्पन्न भई कार्यालयमा रहेका कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको अवस्थामा सम्बन्धित बढुवा समितिका सचिवालयबाट उक्त कार्यसम्पादन मूूल्याङ्कन फारामको प्रमाणित छाया प्रति माग गरी अभिलेख गर्नुपर्ने छ ।
त्यस्तै मूूल्याङ्कन कार्य सम्पन्न भई सम्बन्धित कार्यालय र बढुवा समितिको सचिवालयमा रहेका आर्थिक वर्ष २०८१/८२ र सोअघिका आवको कार्यसम्पादन मूूल्याङ्कन फाराम दुुवै नष्ट भएको भए लोक सेवा आयोगमा रहेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रमाणित प्रति आयोगबाट माग गरी अभिलेख राख्ने, लोक सेवा आयोगमा समेत नभएको अवस्थामा मूूल्याङ्कनकर्ताबाट मूल्याङ्कन कार्य सम्पन्न गराई सम्बन्धित निकायमा पठाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
आव २०८१/८२ को कार्यसम्पादन मूूल्याङ्कन फाराम मूल्याङ्कन प्रक्रिया पूरा भई सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाइसकेको भए सोको प्रमाणित छाया प्रति सम्बन्धित बढुवा समितिको सचिवालयबाट सम्बन्धित निकायले माग गरी अभिलेख गर्ने मन्त्रालयले सम्बन्धित निकायलाई गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले मूल्याङ्कन प्रव्रिmया पूरा नभएका वा पूरा नभए पनि बढुवा समितिको सचिवालयमा पठाउन बाँकी रहेको अवस्थामा नष्ट भएका कार्यसम्पादन मूूल्याङ्कन फाराम सम्बन्धित कर्मचारीले उक्त अवधिभित्र पुनः भर्नुपर्ने बताउनुभयो ।