टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज १३ गते । गुल्मीको तम्घास(सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुटवलबाट तम्घासहुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय मनिष कुँवरको खाली घरमा बस अड्किएकोले ठूलो क्षतिबाट जोगिएको छ । दुर्घटनामा ईस्मा गापा –६ अमरपुर बस्ने बर्ष २१ को नबिन महत, बर्ष ३१ को दिपक पराजुली, बर्ष २२ को रेशम भण्डारी, बर्ष ७३ की हरिकला कुमाल, बर्ष ४३ की राधिका बस्नेत, बर्ष २२ की कोपिला बस्नेत, बर्ष १७ को अनिल बस्नेत, ३३ कि सरिता कुमाल, बर्ष ११ को कृष्ण कुमाल, बर्ष ३९ को सन्तबहादुर कुमाल, ७८ की चन्द्री कुमाल, बर्ष ३ को ईश्वर कुमाल, बर्ष ३३ को सरिता मतह, बर्ष १३ को सचिन महत, मालिका गाउँपालिका –६ बस्ने बर्ष ३५ की लक्ष्मी बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो । घाइते सबैको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।