प्रतीक इच्छुक शर्मा
सल्यान, असोज १३ गते । शारदा नगरपालिका –१ श्रीनगरस्थित शारदा नदीमा पौडी खेल्ने क्रममा डुबेका एक किशोरको शव फेला परेको छ । शनिबार दिउँसो करिब २ बजेतिर शारदा नदीमा पौडी खेल्ने क्रममा डुवेका शारदा नगरपालिका २ का १८ वर्षिय सुरदर्शन उपाध्याय मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटना भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सितलपाटीका नरेशसिंह ठकुरीको कमाण्डमा पाँच जना प्रहरी र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीको नेतृत्वमा सातजना प्रहरी टोली उद्धारका लागि खटिएका थिए ।
उद्धारमा खटिएका प्रहरी निरीक्षक वस्नेतका अनुसार लगातारको खोजीपछि दिउँसो करिब ३ बजे पौडी खेलेको स्थानमै नदीभित्र जालीमा अड्किएको अवस्थामा सुरदर्शनको शव फेला पारी प्रहरीले बाहिर निकालेको छ । सुरदर्शन उपाध्याय आफ्ना १६ वर्षीय भाइ सुजन उपाध्यायसँगै पौडी खेल्ने क्रममा नदीमा डुबेका थिए । सुजन सकुशल रहेका छन् ।