• १३ असोज २०८२, सोमबार

पोखरा–जोमसोम हवाई उडानले ब्यवसायी उत्साहित

blog

रोकिएको उडान सुचारु भएपछि । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), असोज १३ गते । खराव मौसम र जेन्जी आन्दोलनका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान पुनः सुचारु हुँदा यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । वर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएको उडान सुरू भएको हो । 

शुक्रबार समिट एयरलाईन्सको ट्वीनअटर जहाजले २ उडान र नेपाली सेनाको समेत दुई उडान भएको विमानस्थलमा कार्यरत नेपाल प्रहरीका  प्रहरी नायब निरीक्षक मंगलबहादुर नेपालीले बताउनुभयो । 

शुक्रबार पोखराबाट ३३ जना पर्यटक मुस्ताङ भित्रिएको र २२ जना बाहिरिएको जोमसोम विमानस्थलका अधिकारीहरुको भनाइ छ । बिहीबार समिट एअरलाइन्सको एक उडान भए पनि पोखराको मौसम खरावीका कारण स्थगित भएको थियो । पर्यटकको सिजन सुरु भएकाले पोखरा र जोमसोमबाट हवाई मार्गबाट जाने पर्यटकको चाप भए पनि प्रतिकुल मौसमका कारण उडान रोकिदा यात्रु जोमसोम–बेनी सडकखण्डबाट गन्तब्यमा जाने गरेका छन् । 

जोमसोम बिमानस्थल प्रमुख दिपक पोख्रेलका अनुसार पर्यटकीय सिजन सुरू भएसँगै पोखरा–जोमसोम हवाई उडान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको नियमित उडान तालिका रहेको बताउनुभयो । 

यसैगरी तारा एअरले आउँदो १५ गतेदेखि हवाई उडान भर्नेछ । पोखरा–जोमसोम हवाई उडान सुरु भएपछि मुस्ताङका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । निजी वायुसेवा कम्पनी यति एयरलाईन्सको भगिनी संस्था तारा एयरलाईन्स, समिट एअरलाईन्सले उडान भर्दै आइरहेका छ । 

अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकुलजस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एअरलाईन्सले बढीमा जम्मा पाँच–पाँच वटा मात्र उडान भर्दैआएका छन् ।