• १३ असोज २०८२, सोमबार

तुइनखोलामा पहिरो, पुनः सडक अवरुद्ध

blog

तुईन खोला पुलनजिक गएको पहिरो । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल

चितवन, असोज १३ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला पुलनजिक आज पहिरो खस्दा मध्यन्ह १२ बजेदेखि पुनः बाटो अवरुद्ध भएको छ । 

अहिले पनि पहिरो झर्नेक्रम जारी रहेकाले पन्छाउन सकिएको छैन । पहिरो झर्न रोकिएपछि मात्र उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने काम सुचारू गर्ने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । 

पहिरोले दुवैतर्फ सवारी साधन रोकिएका छन् । झर्न रोकिएपछि पहिरो पन्छाउन केही घण्टा लाग्ने कार्यालयले जानकारी दिएको छ ।