• १३ असोज २०८२, सोमबार

ठुलो परिमाणमा पटाका बरामद

blog

बरामद गरिएका विस्फोटक पदार्थ (पटाका) ।

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी, असोज १३ गते । पश्चिम नवलपरासीको प्रतापपुर –७, जगतपुराबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद भएको छ। प्रहरी चौकी बसहियाका प्रहरी नायब निरीक्षक सञ्जय यादवको नेतृत्वमा खटिएको टोलीले विशेष निगरानीका क्रममा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको हो।

करिब एक लाख १८ हजार मूल्य बराबरको विस्फोटक पदार्थ र एक थान मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सम्पूर्ण विस्फोटक पदार्थ नष्ट गरिने प्रहरी यादवले जानकारी दिनुभयो ।