• १३ असोज २०८२, सोमबार

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

blog

काठमाडौँ,  असोज १३ गते ।   हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।  

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति गण्डकी  र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी , बागमती , लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको  छ । रासस