• ३१ असोज २०८२, शुक्रबार

आर्यतारा होल्डिङ्सको साधारणसभा सम्पन्न

blog

साधारणसभामा सहभागी शेयर सदस्यहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । आर्थिक लगानी प्रवर्धनका लागि स्थापना भएको आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालका अनुभवी पर्यटन व्यवसायीहरु संस्थाको प्रवर्धक छन् ।  

होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, आर्थिक मौज्दातको अवस्था तथा भावी योजनासम्वन्धी प्रतिवेदन पेश गर्दै लगानीका क्षेत्र पहिचान गरी मुलुकको आर्थिक उन्नतिमा केही टेवा पुगोस् भन्ने हेतुले आर्यतारा होल्डिङ्स स्थापना गर्नुपरेको बताउनुभयो । 

सो संस्थाले जलविद्युत्, हस्पिटालिटी, स्वास्थ्य र सिमेन्ट उद्योगमा लगानी गरेको जानकारी दिंदै अध्यक्ष अंगाईले आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तर्गत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन र जलविद्युत् उत्पादनमा लगानी बढाउने स्पष्ट पार्नुभयो । 

त्यस्तै, हवाईसेवा अन्तर्गत हेलिकप्टर, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन, बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा प्रवर्धनमा लगानी बढाउँदा होल्डिङका शेयर सदस्यहरु र समग्र मुलुकको आर्थिक उन्नतिमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । 

होल्डिङ्सका सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी भीमप्रसाद पन्तले एकसय जना शेयर सदस्यहरु रहेको होल्डिङको लगानीक्षेत्र फराकिलो बनाई नाफा आर्जन गर्नेभन्दा शेयरसदस्यहरुको हित हुनेगरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

होल्डिङ्सको सञ्चालकमा श्याम शर्मा (आचार्य), माधवनारायण तिवारी, तुल्सीप्रसाद भट्ट र ध्रुवप्रसाद भट्ट हुनुहुन्छ । संस्थाका सल्लाहकार प्रकाशचन्द्र देवकोटा, मुक्ति पाण्डे र नारायण रेग्मीले व्यावसायिक सफलताका लागि शुभकामना दिनुभएको थियो ।