निराजन परियार
चौमाला (कैलाली), असोज ११ गते । धनगढीमा बेपत्ता भएकी बालक मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताउनुभयो । निर्वस्त्र अवस्थामा भेटिएको शवभन्दा करिब दुई सय मिटरको दूरीमा बालिकाको कपडा भेटिएकाे छ ।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।