• १२ असोज २०८२, आइतबार

कर्णालीमा हाम फालेर युवायुवती बेपत्ता

blog

कर्णाली नदी । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असोज ११ गते । एकाबिहानै एक जोडीले संगै कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । हुम्लाको चंखेली गाउँपालिका ४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलका अनुसार शनिबार बिहान चंखेली गाउँपालिका ४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८ वर्षे हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी २० बर्षीया कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।  

नदीमा हाम फाले बेपत्ता हुने हंश बुढा बिवाहित हुन् भने कर्मा बोहोरा अबिवाहित हुन् । प्रहरी प्रमुख पोखरेलका अनुसार सोही ठाउँका शैलेन्द्र शाहीले प्रहरीलाई दिएको सूचनाका आधारमा प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ । डीएसपी पोखरेलका अनुसार नदीमा हाम फाल्नुको कारण खुलेको छैन ।