• ११ असोज २०८२, शनिबार

चन्द्रनहरमा डुबेर बालकको मृत्यु

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज ११ गते । सप्तरीको फत्तेपुरमा शनिबार दिउँसो नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। नगरपालिकाको वडा १० गंगाजलस्थित चन्द्रनहरमा नुहाउन गएका स्थानीय १२ वर्षीय विशाल सदाको डुबेर मृत्यु भएको हो ।

विशाल साथीसँग नुहाउन गएको र सोही क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । घटनाबारे प्रहरी चौकी फत्तेपुरमा जानकारी प्राप्त भएपछि खोजतलास गर्ने क्रममा घटनास्थलभन्दा पाँचसय मिटर दक्षिण भगिनीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।