• ११ असोज २०८२, शनिबार

रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

blog

मस्को, असोज ११ गते । चालु महिनामा पश्चिमी रूसमा बिषाक्त मदिराको सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताले शनिबार बताएका छन् । अनुसन्धानकर्ताले “छ जना मृतकको शवको फरेन्सिक मेडिकल जाँचले मेथनोलको उच्च स्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ ।  

शव सेप्टेम्बर १०-१७ को बिचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको जनाएको छ । अनुसन्धानकर्ताका अनुसार तीन जना संदिग्धलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ भने घटनाको अनुसन्धान भई रहेको छ । यस हप्ताको सुरुमा, अभियोजकले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा दुई जनालाई एक दशक जेल सजाय सुनाएका थिए ।

सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । यस घटनापछि रूसले मधिरा सम्बन्धि कानुनलाई कडा बनाएता पनि विकल्पको रुपमा सस्तो र घरमा बनेको मधिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रमा यस्ता घटना घट्ने गरेको जनाएको छ । रासस/एएफपी