• ९ असोज २०८२, बिहिबार

झापामा एक थुनुवाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल
दमक, असोज ९ गते ।
झापामा एक थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । हाडनाता करणीको आरोपमा पक्राउ परेका झापा भद्रपुर नगरपालिका– २ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।

टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा यहाँ उपचार हुन नसकेपछि बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा स्रोतले जनाएको छ । सिटी–स्क्यानमा टाउकोमा रगत जमेको पाइएको थियो ।