• १३ असोज २०८१, आइतबार

लगानी गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १५ गते । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न अस्ट्रेलियासमक्ष आग्रह गरेको छ । नेपालका लागि अस्टेलियन राजदूत फेलीसिटी वोल्कसँग मङ्गलबार भएको भेटमा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको चेम्बरका अध्यक्ष राजेन्द्र अध्यक्ष मल्लले बताउनुभयो । 

अस्टे«लियाले नेपालको वन क्षेत्रको संरक्षण तथा संवद्र्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिनुभयो । जडीबुटी एवं खानीजन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गर्न मल्लले जोड दिनुुभयो । 

सो अवसरमा राजदूत वल्कले नेपाल अस्टे«लियाको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताउनुभयो । नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अस्टे«लिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नेपालमा लगानी गर्न नीतिगत समस्या हुँदा पनि अस्टे«लियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।