• ५ असोज २०८२, आइतबार

‘सोल्टिनी’ को टिजर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । नेपाली चलचित्र ’सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ । कार्तिक ६ गते भाइटीकाको दिन प्रदर्शन हुने चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेतृ परीक्षा लिम्बूबिचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ ।

अर्जुन सुवेदी निर्देशित चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ । प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको चलचित्रको छायाङ्कन सुशन प्रजापतिले गर्नुभएको छ भने कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ ।