• ८ वैशाख २०८१, शनिबार

गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुने

blog

गुल्मी समाचारदाता

गुृल्मी, असार १४ गते । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । 

विश्वकर्माका अनुसार चिदिचौर खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका खेलाडीको सहभागिता रहनेछ । जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छात्र/छात्रा खेलाडीले  असार १७ गतेभित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नाम पेश गर्नुपर्ने पनि विश्वकर्माले  जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्सःदौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट साथै मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु छात्र/छात्रा खेल समावेश गरिएको पनि विश्वकर्माले बताउनुभयो ।