• १५ चैत २०८०, बिहिबार

प्रधान सेनापति शर्मा अमेरिका भ्रमणमा

blog

तस्बिर : नेपाली सेना

काठमाडौं, असार १४ गते । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

असार १२ गते अर्थात् आइतबार अमेरिका पुग्नुभएका प्रधान सेनापति शर्माले सोही दिन अमेरिकाका लागि नेपाली राजदूत खत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।


संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरिया मिसनको निरीक्षण भ्रमण सम्पन्न गरी शर्माले असार १३ गतेबाट अमेरिकाको औपचारिक भ्रमण सुरु गर्नुभएको हो ।

अमेरिका भ्रमणमा रहनुभएका उहाँले क्वान्टिको भर्जिनियास्थित मरीन कोर्प्सको राष्ट्रिय सङ्ग्रहालय र मरीन कोर्प्स बेसको अवलोकन गर्नुभएको थियो । 


भ्रमणका क्रममा प्रधान सेनापति शर्माले मरीन कोर युद्ध लडाइँ प्रयोगशालाका कमाण्डिङ जनरल, ब्रिगेडियर जनरल काइल बी एलिसनसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

यसैगरी, शर्माले क्वान्टिको भर्जिनियास्थित मरीन कोर कमाण्ड र स्टाफ कलेजको भ्रमण गर्नुभई उक्त कलेजको तालिमलगायत विविध पक्षका बारेमा जानकारी हासिल गर्नुभएको छ ।