• ३ असोज २०८२, शुक्रबार

नदी किनारमा पुरुषको शव फेला

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), असोज ३ गते । रौतहटको राजदेवी नगरपालिका –४ मा शुक्रवार बिहान पुरुषको शव फेला परेको छ । गडहिया घाटस्थित बागमती नदीको किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता  प्रहरी नायब उपरीक्षक राजु कार्कीले  जानकारी दिनुभयो । 

अन्दाजी ४२ वर्षको पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उहाँको हालसम्म सनाखत हुन नसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो । शुक्रवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।