शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स सार्वजनिक गर्नुभएको छ ।

मङ्गलबार रेडियो नेपालको कार्यालय सिंहदरबारमा आयोजित एक विशेष कार्यक्रममा सञ्चारमन्त्री कार्कीले उक्त एप्स सार्वजनिक गर्नुभएको हो ।

रेडियो नेपालले विगत वर्षहरूदेखि नै डिजिटलाइजेसन गरिसकेका श्रव्य सामग्रीहरूको बजारीकरण गरी थप आयआर्जन गर्न ओटीटी एप्स सार्वजनिक गरेको हो ।




