• २ असोज २०८२, बिहिबार

गृहमन्त्री अर्याललाई द्रुत मूल्याङ्कन सम्बन्धी प्रतिवेदन पेस

blog

काठमाडौँ, असोज २ गते । गृहमन्त्री ओमप्रकाश अर्याललाई बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र सेभ द चिल्ड्रेनले संयुक्त रूपमा नेपालमा “जेनजी” नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताको द्रुत मूल्याङ्कन सम्बन्धी प्रतिवेदन पेस गरेको छ । 

गृहमन्त्री अर्यालले सो प्रतिवेदनमा समावेश गरिएका विषयमा सरकारको ध्यानाकर्षण भएको र यस विषयमा काम गर्न मन्त्रालयमा हेल्प डेक्सको समेत स्थापना गर्ने आश्वासन दिनुभयो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले बिहीबार गृहमन्त्री अर्याललाई हस्तान्तरण गरिएको प्रतिवेदनमा यहि भदौ २३ र २४ मा भएको जेनजीको आन्दोलनका क्रममा भएका मानव अधिकार तथा बाल अधिकारको उल्लङ्घनको घटना र सरकारलाई गरिएको सिफारिसहरू समेटिएको जानकारी दिनुभएको छ ।