• २ असोज २०८२, बिहिबार

खाद्य कम्पनीले यस वर्ष दसैँमा खसी नल्याउने

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २ गते। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ। 

खाद्य कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार ‘जेनजी’ आन्दोलनको प्रभाव तथा बाटो असुरक्षाका कारण यस वर्ष दसैँमा खसीबोका तथा च्याङ्ग्रा नल्याउने निर्णय भएको छ। 

भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपश्चात् निरन्तर भएको निषेधाज्ञा र कर्फ्युको विशेष प्रभाव परेको उहाँको भनाइ छ।    

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको प्रभाव हो। बाटोहरू पनि राम्रो र सुरक्षित छैनन्। यसकारण यस्तो निर्णय भएको हो।”

हरेक वर्ष कम्पनीले बजार सन्तुलनका लागि खसी, बोका र च्याङ्ग्रा खरिदबिक्री गर्दै आएको छ। 

लेखक बाट थप