अविनाश चौधरी
धनगढी, असोज २ गते। जेनजी आन्दोलनको क्रममा कैलालीमा ६७८ सवारी साधन जलाएर ध्वस्त गरिएको छ।
आन्दोलनकारीले धेरैजसो सरकारी र केही निजी सवारी साधन जलाएका हुन्। जिल्ला प्रशासन कार्यालयका अनुसार चार पाङ्ग्रे गाडी ११४ वटा जलाइएको छ। यसैगरी, मोटरसाइल ५४३ र तीन पाङ्ग्रे छ, साइकल १५ वटा जलाइएको छ।
सबै सवारी साधनमा आगो लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
प्रदेश सरकार मातहतका धेरैजसो चार पाङ्ग्रे सवारी साधन जलाएर ध्वस्त पारिएको छ। त्यसैगरी, सबैभन्दा बढी भन्सार कार्यालयमा सवारी साधन जलेका जनाइएको छ।
भन्सार कार्यालयमा बुझाइएका अत्यधिक मोटरसाइकल जलेका छन्। भन्सार कार्यालयले सवारी साधन बेलैमा लिलाम नगर्दा ठुलो क्षति भएको जनाइएको छ।