• २७ भदौ २०८२, शुक्रबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, भदौ २७ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ २२ पैसा र बिक्रीदर १४१ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ०३ पैसा र बिक्रीदर १६५ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ७८ पैसा र बिक्रीदर १९१ रुपियाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ६४ पैसा र बिक्रीदर १७७ रुपियाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ३० पैसा र बिक्रीदर ९३ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ७० पैसा र बिक्रीदर १०२ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ९१ पैसा र बिक्रीदर ११० रुपियाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८२ पैसा र बिक्रीदर १९ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ७४ पैसा र बिक्रीदर ३८ रुपियाँ ९१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर ३८ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४५ पैसा र बिक्रीदर ३३ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०६ पैसा र बिक्रीदर १५ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ११ पैसा र बिक्रीदर २२ रुपियाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १३ पैसा र बिक्रीदर १८ रुपियाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपियाँ १७ पैसा र बिक्रीदर ४६४ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ७९ पैसा र बिक्रीदर ३६८ रुपियाँ ३४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस