• २६ भदौ २०८२, बिहिबार

वर्षापछिको बाढीले सदरमुकाम जोड्ने सबै सडक बन्द

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ २६ गते ।
मङ्गलबार बेलुका परेको अविरल वर्षाका कारण पश्चिम र उत्तरी भेकदेखि म्याग्दी सदरमुकाम बेनी जोड्ने सडकहरु अवरुद्ध भएका छन् । बेनी जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिकाको बैसरीमा पहिरो जाँदा सिधा सवारी सञ्चालन रोकिएको छ ।

त्यस्तै, पश्चिम म्याग्दीको बेनी दरबाङ सडकखण्डको बेनी नगरपालिका ४ तातोपानी स्थित लेते खोलामा आएको बाढीले सामुदायिक भवन, मन्दिर र एउटा कटेजमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) सागर पौडेलले जानकारी दिनुभयो । बेनी नगरपालिका ४ का वडा सदस्य समेत रहनुभएका प्रेमबहादुर श्रीषको होटटल सञ्चालन गरी रहेको उक्त कटेमा रातको समयमा क्षति पुगेको हो ।

बेनी नगरपालिका ४ का वाडा अध्यक्ष अणबहादुर खड्काका अनुसार गंगा होटल र श्रीष कटेज, कृषि उपज सङ्कलन केन्द्र, मन्दिरमा लेते खोलाका बाढीले क्षति पुगाएको छ । उहाँले भन्नुभयो, ‘‘म घटनास्थल पुग्दै छु, थप क्षतिको अवस्थाका विवरण सङ्कलन गरिँदै छ ।’’