• २५ भदौ २०८२, बुधबार

दुई दिन शेयर कारोबार नहुने

blog

काठमाडौँ,  भदौ २५ गते ।  आज र भोलि  पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । 

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ । रासस