• २५ भदौ २०८२, बुधबार

कारागारबाट कैदी भागेपछि म्याग्दी कर्फ्यु आदेश जारी

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ २५ गते ।
जिल्ला कारागार शाखा म्याग्दीमा रहेका ८८ मध्ये ७६ जना कैदीबन्दीहरु भागेपछि जिल्ला प्रसासन कारर्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । प्रजिअ तिवारीले भन्नुभयो, ‘‘अब लगत्तै बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्बर वडामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।’’

जिल्ला कारागार शाखा म्याग्दीका प्रमुख जेलर प्रतिज्ञा सुवेदीका अनुसार कारागारमा रहेका ६ जना महिलासहित १२ जना मात्रै कारागारमा रहेका छन् । बिहान ६ बजेसम्म अवस्था सामान्य रहे पनि त्यसपछि एक्कासी उनीहरु भागेको सुवेदीले बताउनुभयो । उहाँका अनुसार हिँड्न सक्ने जती सबै भागेको पाइयो, जो केही अशक्त थिए उनीहरु कारागारमै छन् अरु भागेका छन् ।

प्रहरीले भागेका ७६ मध्ये चार जनालाई नियन्त्रणमा लिएको जानकारी पाएको जेलर सुवेदीले बताउनुभयो ।