• २४ भदौ २०८२, मङ्गलबार

काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र आगजनी

blog

काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ र ११ बीचमा रहेको महादेव खोलाबाट चक्रपथतर्फ अगाडि बढेको जुलुस । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २४ गते । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ । 

भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको जेन्जी पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बनी १९ जनाको निधन भएपछि मंगलबार त्यसको विरोधमा विभिन्न स्थानमा जुलुस प्रदर्शन भएका छन् ।  कतिपय क्षेत्रको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । 

कतिपय नेताका निवास तथा सरकारी भवनमा तोफफोड हुनुका साथै आगजनी भएको जानकारी सुरक्षाकर्मीले दिएका छन् । प्रदर्शनकारीले सडकमा टायर बोलेर सरकार विरुद्ध नारावाजी गरेका छन् । भैसी पार्टीस्थित प्रदेश मन्त्री निवासमा आगजनी भएको छ ।