यामराज बिष्ट
पञ्चकोशी (दैलेख), भदौ २३ गते । दैलेख सदरमुमकाम परिषरमा जोडिएका खानेपानीको धारा काटिएको छ । लामो समयदेखि खानेपानीको बक्यौता महसुल नबुझाएको भन्दै नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सदरमुकाम परिषरमा जोडिएको खानेपानिको धारा काटिदिएको हो ।
संस्थाको यहि भदौ १४गते बसेको संस्थाको बैठकको निर्णय अनुसार यहि भदौ २० गते भित्र बक्यौता महसुल बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । सार्वजिनिक सुचना जारी गर्दा पनि लामो समय देखि खानेपानीको महसुल नबुझाएको कारण उपभोक्ताको धारा काटिएको नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी कार्यालयकन प्रमुख इन्जिनियर राजन खड्काले बताउनुभयो । उहाँले खानेपानीको महसुल तिर्नका लागि बारम्बार ताकेता गरेको भए पनि कुनै पनि सरकारी तथा गैरसरकारी सङ्घ संस्था र उपभोक्ताले त्यसको सुनुवाइ नगरेका उपभोक्ताका खानेपानीको धारा काट्न सुरु भएको बताउनुभयो ।
संस्थाले गएको गत साउन १५ गते खानेपानिको बक्यौता महसुल नतिर्ने उपभोक्ताको नाम सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेको थियो । संस्थाले संस्थागत निर्णय गर्दै यहि भदौ २० गते भित्र बक्यौता महसुल एकमुष्ट भुक्तानी गर्न अनुरोध गर्दै धारा कटौतीबाट जोगिन आग्रह गरेको थियो । संस्थाले स्थापना भएदेखि अहिलेसम्म करिब एक करोडको हाराहारीमा बक्यौता उठ्न बाँकी रहेको समितिले नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।
खानेपानीको बक्यौता महसुल बुझाउन ताकेता गरिए पनि असुली हुन नसके पछि खानेपानिको धारा काट्न सुरु गरिएको नारायण नगरपालिका–१का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले बताउनुभयो । उहाँले पटक पटक खानेपानिको महसुल बुझाउन सुचना जारी गर्दा पनि बक्यौता महसुल नबुझाएकाले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ३० हजारभन्दा बढी बक्यौता राख्ने १९ भन्दा बढी ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।