• २३ भदौ २०८२, सोमबार

रामपुर खानेपानीको अध्यक्षमा कमलराज भट्टराई विजयी

blog

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा निर्वाचित हुनुभएको कमलराज भट्टराई ।

इमान सिं राना
रामपुर (पाल्पा), भदौ २३ गते ।
रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनुभएको छ । आइतबार राति सकिएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार हजुल मियाँलाई १९४ मतले पछि पार्दै  भट्टराई संयुक्त प्यानल बाट विजयी हुनुभएको हो ।

भट्टराईले एक हजार ३०६ मत र मियाँले एक हजार ११२ मत प्राप्त गर्नु भएको छ ।  नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल र नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा लगाएतका दलहरूको संयुक्त प्यानल बिच प्रतिस्पर्धा भएको थियो । कार्यसमितिमा अध्यक्ष बाहेक अन्य पदाधिकारी र लेखा समितिमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरू निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसबाट विष्णुमाया ढकाल एक हजार २२५ मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धि प्रेमप्रकाश श्रेष्ठले एक हजार १०१ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा निलकण्ठ पोखरेल एक हजार २३७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धि कृतिनाथ श्रेष्ठले १०३६ मत पाउनु भएको थियो । कोषाध्यक्षमा भोजराज भट्टराई एक हजार ४५० मतसहित अत्याधिक मतले विजयी हुनुभएको छ । प्रतिस्पर्धि खेमराज घिमिरेले ८२८ मत प्राप्त गर्नुभएको छ । सदस्यहरूमा विष्णुप्रसाद आचार्य एक हजार ६८, मुना थापा एक हजार ६४, राजकुमार श्रेष्ठ एक हजार ५०, सरस्वती डोटेल एक हजार ३७ र टेकबहादुर विश्वकर्मा ९७५ मत सहित विजयी हुनुभएको छ ।

लेखासमिति संयोजकमा दुर्गाप्रसाद पोखरेल एक हजार दुई सय ५१, सदस्यहरूमा कमल आचार्य एक हजार १०९ र मञ्जु भट्ट क्षेत्री ९७५ मतसहित विजयी हुनु भएको छ । ब्लक संयोजक तर्फ ब्लक नं. १, ३, ४ र ६ मा नेपाली कांग्रेस र  ब्लक नं. २ र ५ मा  संयुक्त प्यानलका उम्मेदवार निर्वाचित भएको छ । ब्लक नं. १ बाट कृष्णप्रसाद अर्याल, ब्लक नं. २ बाट टोपनारायण ढकाल, ब्लक नं. ३ बाट बसन्तबहादुर मल्ल मेदासी,  ब्लक नं. ४ मा कृष्णप्रसाद वाग्ले, ब्लक नं. ५ मा बुद्धिप्रसाद श्रेष्ठ, ब्लक नं. ६ मा मोहनबहादुर थापा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो । निर्वाचनमा कुल मतदाता ३ हजार ६८४ मध्ये दुई हजार ५८८ मतदान खसेको थियो ।

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट रामपुर नगरपालिका वडा नं. ४, ५, ६ र ७ का जनताले खानेपानी उपभोग गर्दै आएका  छन् ।