काठमाडौँ, भदौ २२ गते । श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीले अन्तिम तयारी जारी राखेको छ ।
च्याम्यिनसिपका लागि यसअघि देखि तयारी गर्दै आएको नेपालले श्रीलङ्का जाने अन्तिम खेलाडी टोलीको घोषणा समेत गरेको छ । युवा टोलीका मुख्य प्रशिक्षक संजीत सिंहले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको हो ।
च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै आयोजक श्रीलङ्का र बङ्गलादेश रहेको छ । नेपालले सेप्टेम्बर १५ तारिख घरेलु टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने छ । यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।
नेपाली टोली
गोल रक्षक : पेम्बानुर्बु भोटे, राम बोहरा र विशेष बानिया
रक्षक : प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का
मिडफिल्डर : प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान
स्ट्राइकर : समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ ।