उर्लाबारी समाचारदाता
उर्लाबारी, भदौ २१ गते । मोरङको केराबारी–३, फूलबारी टोलकी सरस्वती विश्वकर्माले दुध सङ्कलन र बिव्रmी गर्न थाल्नुभएको पाँच वर्ष भयो । २३ वर्षको उमेरमा दुध सङ्कलन तथा बिव्रmी सुरु गर्नुभएकी सरस्वतीलाई जातीय छुवाछुतबाट माथि उठ्न कठिन सङ्घर्ष गर्नु प-यो । साना छोरा साथसाथै लिएर काम गर्नुपर्ने बाध्यता, समाजको जातीय विभेदका कारण दुध व्यापारमा समस्या, आर्थिक कठिनाइ र हतोत्साहित गर्नेको आवाजसँग सधैँ जुधिरहनु प¥यो । यी सबै समस्यालाई चिर्दै उहाँ अहिले समाजमा स्थापित दुग्ध व्यवसायी बन्नुभएको छ ।
गणतन्त्र आए पनि समाजमा जातीय चेतना नआएको पीडा सरस्वतीले लामो समय भोग्नु प¥यो । सरस्वती भन्नुहुन्छ, “जातीय कारणले नै सुरुका दिनमा धेरै पटक दुध फाट्यो, दही बिग्रियो, पनिर कुहियो । अपमानको चाङ थियो । कहिलेकाहीँ मजदुरी गर्न जाऔँ भन्ने पनि लाग्यो तर साना नानीहरूसँगै लिएर हिँड्न गाह्रो थियो ।” व्यवसायमा तीन÷चार लाख रुपियाँ लगानी फसिसकेको थियो । त्यसैले सरस्वतीसँग सङ्घर्षको विकल्प थिएन ।
सरस्वतीका श्रीमान् नेपाली सेनामा जागिरे हुनुहुन्छ । श्रीमान्को हौसला र उत्तरी मोरङ पहाडी विकास संस्थाको हर्डनले दिएको आँटले उहाँ कामबाट पछि हट्नु भएन । हर्डनले व्यवसायमा लाग्न प्रेरित ग¥यो । विभेदविरुद्ध बोल्न सिकायो । सुरुका दिनमा दुध किन्न र बेच्न हिचकिचाउनेहरू अहिले निर्बाध रूपमा किन्ने र बेच्ने गर्नुहुन्छ ।
हाल उहाँले केराबारी–३ को दाहाल चोक र ७ को फूलबारी टोलमा दुध सङ्कलन केन्द्र राख्नुभएको छ । केन्द्रमा दैनिक करिब तीन सय लिटर दुध सङ्कलन हुने गरेको छ । आफ्नै गाडीमार्फत सङ्कलित दुध नेपाली सेनाको याङ्शिलास्थित कालापानी ब्यारेकमा आपूर्ति हुन्छ । ५०÷६० लिटर दुध स्थानीय बजारमै बिव्रmी हुन्छ ।
उद्यमशिलतालाई प्रवर्धन गर्न स्थानीय सरकारले सरस्वतीलाई पाँच लाख रुपियाँ अनुदान पनि दियो । सरस्वती अहिले खर्च कटाएर मासिक करिब ३० हजार रुपियाँ बचत हुने बताउनुहुन्छ । उहाँ किसानको रकम कहिल्यै रोक्नुहुन्छ । महिनैपिच्छे दुधको भुक्तानी गर्नुहुन्छ ।
उहाँको घरमा सासूससुरा र दुई छोरा छन् । छोरालाई निजी विद्यालयमा पढाउनु हुन्छ । उहाँले भन्नुभयो, “विगतको तुलनामा जातीय विभेद निकै कम भएको छ तर सकिइसकेको छैन ।”