विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २१ गते । सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ स्थित बनौली घर भएका ३५ वर्षीय अजय कुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै खेतमा पानी पटाउन जडान गरिएको मोटरबाट करेन्ट लाग्दा शुक्रबार बिहान ११ बजे साह घाइते भएका थिए ।
घाइते उहाँलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको बताउनुभयो ।