१३ असार २०७९, सोमबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१३ असार २०७९, सोमबार
३ वर्ष पहिले
तनहुँ, असार १३ गते । खोलाले बगाउँदा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ७ः३० बजे घर नजिकै रहेको चुँदी खोलाले बगाउँदा भानु नगरपालिका–७ चन्द्रावती बस्ने रचना श्रेष्ठको १ वर्ष ६ महिनाको छोरी काव्या श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिनुभयो ।
घरबाट २० मिटर पछाडि रहेको चुँदी खोलाले बगाई बेपत्ता बनाएकोमा निजको खोजतलास गर्ने क्रममा उक्त स्थानदेखी करीव ५०० मि. तल सोही खोलाको किनारमा स्थानीय व्यक्तीहरुले अचेत अवस्थामा बालिकालाई फेला पारेका थिए । उपचारको लागी दमौली अस्पताल पठाएकोमा अस्पतालका चिकित्सकले आईतबार मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव पोष्र्टमार्टमको लागि दमौली अस्पतालको शव गृहमा राखिएको छ ।
अमरराज नहर्की