• १३ वैशाख २०८१, बिहिबार

झण्डापार्क जोगाउन खुटी खोलामा तटबन्ध आवश्यक

blog

जीबछ यादव

लहान, असार ११ गते । लहान नगरपालिका –५ वडामा रहेको झण्डापार्क जोगाउन खुटी खोलाको पश्चिमी किनारमा स्थानीयले तटबन्धको माग गरेका छन् । दस महिना अगाडि छठ पर्वको दिन सञ्चालनम आएको खुटी झण्डापार्कको दीर्घकालिन रुपमा संरक्षण गर्न र यसको आकर्षण बढाउन स्थानीयहरु नगरपालिकाको ध्यान जाओस भनेर माग गरेका हुन् । लगभग डेढ विघामा फैलिएको पार्क वेलुकीपख बजारक्षेत्रका युवाहरुको रमाइलो गर्ने र सेलफी लिइने प्वाइन्टको रुपमा चिनिन थालेको छ ।

पार्क रहेको जग्गामा खुला दिसाको कारण खुटी खोलामा छठ पर्व मनाउन जाने भक्तजनहरु यस ठाँउालाई शुद्ध पवित्र र रमाइलो बनाउने मागलाई नगरपालिकाले ध्यानमा राखेर जग्गालाई संरक्षण गर्दै पार्कको अगाडितिर सयौं राष्ट्रिय झण्डा फलामको डण्डामा गाडेर फहराइ रहेकाले यस पार्कको नाम खुटी झण्डा पार्क भन्न थालिएको स्थानीय ओमप्रकाश साहले जानकारी दिनुभयो । 

खुटी किनारमा रहेको यस पार्कको संरक्षणका लागि क्रेटिङग नगर्ने हो भने पार्कलाई कटान गर्न सक्ने खतरा रहेको स्थानीय इसराइल सिद्धिकीले बताउनुभयो । चारैतिर विभिन्न किसिमका फूलहरु रोपिएको दुबैतिर मर्निङग वाक गर्न मिल्नेगरी बाटा समेत बनाएको पार्क विहान मर्निङग वाक र वेलुका युवाहरुले सेल्फी लिइने पार्कको रुपमा लहानमा परिचित भएको छ ।  

पार्क बन्नुअघि ठाउँ दुर्गन्धित रहेको र यसको संरक्षणमा नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष अब्दुल करिमको योगदान रहेको पूर्व वडाध्यक्ष सुलेमान अन्सारीले बताउनुभयो । हाम्रो लहान, सुन्दर–समुन्नत र सभ्य लहान बनाउन यस पार्कलाई संरक्षण र सौन्दर्यकरण गर्न नगरपालिकाले आवश्यक काम गर्न पछिनपर्ने नगरप्रमुख चौधरीले विश्वास दिलाउनुभयो ।