• १२ भदौ २०८२, बिहिबार

नवदुर्गाको चौडमा जिप दुर्घटनाः मृतक चारै जनाको सनाखत

blog

चौडमा दुर्घटना भएको जीप । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

पुष्कर भण्डारी
डडेल्धुरा, भदौ १२ गते ।
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनुभएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एकै वडाका चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यसैगरी घाइते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जिप दुर्घटना भएको थियो । ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जिप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको छ ।