• ८ वैशाख २०८१, शनिबार

थप २३ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, असार ११ गते । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, ८६५ जनाको एन्टीजेन परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरेर कुल एक हजार ८०२ जनाको परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १६ जनाले कोरोना जितेका छन् भने मृत्युदर शून्य  छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १८८ छ ।