• ११ भदौ २०८२, बुधबार

मोनिका ‘लियो मिस तिज’

blog

बुटवल समाचारदाता

बुटवल, भदौ ११ गते । ‘लियो मिस तिज’ सैनामैनाको तेह्रौँ संस्करणको उपाधि मोनिका खड्काले जित्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया निवासी खड्काले उपाधिसँगै २५ हजार रुपियाँ, क्राउन, ट्रफी, प्रमाणपत्र र अन्य आकर्षक उपहार प्राप्त गर्नुभयो ।

लियो क्लब अफ सैनामैनाले हरेक वर्ष तिज पर्वका अवसरमा महिलाहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने तथा पुरानो संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ । रुपन्देहीको सैनामैना नगरपालिका लगायत छिमेकी पालिकाबाट प्रतिनिधित्व गरेका युवतीबिच भएको प्रतियोगिताको अन्तिम छनोटमा नौ प्रतियोगी फाइनल राउन्डमा सहभागी भएका थिए ।

लियो क्लब अफ सैनामैनाका अध्यक्ष मनिष खत्रीले लियो मिस तिजले नेपालको मौलिक कला, संस्कृति, संरक्षण गर्दै युवा पिँढीलाई सांस्कृतिक जागरण पैदा गर्न सहयोग पु¥याएको बताउनुभयो ।