विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका– ६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेका एक पुरुष मृत फेला परेका छन् । स्थानीय ४६ वर्षीय सत्रुधन सादा आइतबार दिउँसो नुहाउने क्रममा मादक पदार्थ सेव गरेको अवस्थामा नहरमा डुबेका थिए ।
डुबेर हराएका सादालाई स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार मृत अवस्थामा फेला पारेर नहरबाट बाहिर निकालेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यस्तै, सोही नगरपालिका– ७ धरमपुरस्थित पेट्रोल पम्प नजिक एक महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार आइतबार साँझ ७ः५० बजे ४०–४५ वर्ष उमेरकी तराई मूलकी जस्तो देखिने मागी खाने महिलाको शव मृत अवस्थामा फेला परेको हो ।
शवको सनाखत हुन बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।