• ८ भदौ २०८२, आइतबार

सुनचाँदीको मूल्य बढ्यो

blog

काठमाडौँ,  भदौ ८ गते । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु. दुई हजार ३०० र चाँदीमा रु. ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । 

शुक्रबार एक तोला सुन रु. एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३१० मा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस