काठमाडौँ, भदौ ७ गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गर्नुभएको छ।
आजपा केन्द्रीय कार्यालय काठमाडौँमा एक कार्यक्रमका बीचमा साह आजपामा प्रवेश गरेका हुन्। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गर्नुभएको हो।
विद्यार्थीकालदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठन सहितका संगठनमा विभिन्न जिम्मेवारीमा रही काम गर्नुभएको छ।
एमाले विभाजनपछि एकीकृत समाजवादी गठन भएपछि प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिनुभएको थियो।