सुजन बज्राचार्य
सङ्खुवासभा, भदौ ७ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ स्थित कोशी राजमार्ग अन्तर्गत हुङ्गुङ खण्डमा गएको ठुलो पहिरोका कारण तीन दिनदेखि यातायात अवरुद्ध भएको छ। खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर सडकखण्ड बिहीबार देखिनै ठप्प बनेको हो।
उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब तीन सय मिटर क्षेत्रमो ठुलो पहिरो खसेको छ।
राजमार्ग अवरुद्ध भएपछि दैनिक उपभोग्य सामान, इन्धन र निर्माण सामग्रीको ढुवानी प्रभावित भएको छ। लामो समयदेखि सडक बन्द हुँदा यात्रु अलपत्र परेका छन्।