काठमाडौँ, भदौ ६ गते । टप एण्ड टी–२० सिरिजमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा सुरु भएको छ ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई सफलता दिलाउनुभएको छ । दोस्रो ओभर बलिङ गर्नुभएका दीपेन्द्रले दुई विकेट हात पार्नुभएको हो ।
शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान भने ६ अंकसहित दोस्रो स्थानमा छ ।