काठमाडौँ, भदौ ६ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ३४ पैसा र बिक्रीदर १३९ रुपियाँ ९४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ३२ पैसा र बिक्रीदर १६३ रुपियाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ५४ पैसा र बिक्रीदर १८८ रुपियाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ८५ पैसा र बिक्रीदर १७३ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६० पैसा र बिक्रीदर ८९ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ३९ पैसा र बिक्रीदर १०० रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २८ पैसा र बिक्रीदर १०८ रुपियाँ ७४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४१ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २३ पैसा र बिक्रीदर ३८ रुपियाँ ४० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९४ पैसा र बिक्रीदर ३८ रुपियाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ९८ पैसा र बिक्रीदर ३३ रुपियाँ १३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९७ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५४ पैसा र बिक्रीदर १४ रुपियाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७५ पैसा र बिक्रीदर २१ रुपियाँ ८४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५५ रुपियाँ ७९ पैसा र बिक्रीदर ४५७ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७१ रुपियाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपियाँ ४८ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस