• ५ भदौ २०८२, बिहिबार

एनपिएल मङ्सिरमा

blog

काठमाडौँ, भदौ ५ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म  हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै लिगको मिति घोषणा गरेको हो । 

लिगमा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ टोलीबिच प्रतिस्पर्धा हुने छ ।

फ्रेन्चाइज टोलीले रिटेन र अक्सन मार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् । अब विदेशी कोटा र ट्यालेन्ट हन्टबाट आउन खेलाडी अनुवन्धमा फ्रेन्चाइज टोली लागेका छन् ।

कतिपय टोलीले लिगको तयारी समेत सुरु गरिसकेका छन् । यसपटक फर्ड लाइटसहितको त्रिवि क्रिकेट मैदानमा एनपिएलको खेल हुने क्यानले जनाएको छ ।