• ५ भदौ २०८२, बिहिबार

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चितता हुनुपर्छ : जेलेंस्की

blog

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ।

किएभ, साउन ५ गते । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको हो । बिहीबार जारी गरिएको टिप्पणीमा उहाँले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी समेत दिनुभएको छ । रुसले दक्षिणी सीमा लाइनमा सैनिक तैनाथ गरिरहेको र युक्रेनले लामो दूरीको नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उहाँले बताउनुभयो । 

युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको भन्दै किएभले मस्कोको मागसँग पूर्णतया मेल नखाने सुरक्षा प्रत्याभूति खोजेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरेर युक्रेनमा रुसको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने प्रयास गरिरहनुभएको छ । शान्ति सम्झौताका लागि खासै ठोस प्रगति नभएपछि उहाँले रुसी नेतालाई एक्ल्याउने वर्षौँदेखिको पश्चिमा नीतिलाई अघि बढाउनसक्ने देखिएको छ ।

“हामी सातदेखि १० दिनभित्र सुरक्षा सुनिश्चितता योजनाबारे बुझ्न चाहन्छौं,” जेलेन्स्कीले बिहीबार प्रकाशनका लागि जारी पत्रकारसँगको कुराकानीमा भन्नुभयो । उहाँले भन्नुभयो, “कुन देश प्रत्येक विशिष्ट क्षणमा के गर्न तयार छ ? हामीले यो बुझ्न आवश्यक छ ।” बेलायत र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले सुरक्षा सुनिश्चिततालाई समर्थन गर्न एक सैन्य गठबन्धन खडा गर्दै छ ।  रासस/एएफपी