• ५ भदौ २०८२, बिहिबार

‘अरेन्ज बेल्जियम’का साढे आठ लाख ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

blog

ह्याकरद्वारा तथ्याङ्क चोरी गर्दै गरेको एआइद्वारा निर्मित साङ्केतिक चित्र ।

ब्रसेल्स, बेल्जियम, भदौ ४  गते । बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ ।

जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड, इमेल ठेगाना, बैंक र वित्तीय विवरणहरूजस्ता कुनै पनि महत्वपूर्ण तथ्याङ्क प्रभावित नभएको जनाइएको छ । 

अरेन्ज बेल्जियमले बुधबार एक विज्ञप्ति जारी गरी भनेको छ, “साइबर आक्रमणबाट ह्याकरले एक आईटी प्रणालीमा पहुँच प्राप्त गरेको र ग्राहकका नाम, थर, टेलिफोन नम्बर, सिम कार्ड नम्बर, पियुके कोड, शुल्क योजना लिएको छ।” 

उहाँले भन्नुभयो, “घटना पत्ता लाग्नेबित्तिकै हाम्रो टोलीले प्रभावित प्रणालीमा पहुँचलाई अवरुद्ध ग¥यो र हाम्रो सुरक्षा उपायलाई थप कडा बनाएको छ।”

फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्जको बेल्जियन व्यवसाय फर्मले सक्षम अधिकारीहरूलाई सचेत गराएको र प्रभावित ग्राहकहरूलाई इमेल र टेक्स्ट सन्देशमार्फत सूचित गरिने बताएको छ।

“हामी उनीहरूलाई कुनै पनि शङ्कास्पद सञ्चारका लागि सतर्क रहन सल्लाह दिन्छौं,” ओरेन्ज बेल्जियमले भनेको छ। रासस, एएफपी