विनय कर्ण
कल्याणपुर (सप्तरी) भदौ ४ गते । सप्तरीको खडक नगरपालिका– ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । गौर नगरपालिका– ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् ।
राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर पदमा कार्यरत यादव चिया खाएर आउँछु भनि कम्पनीबाट गत असार २५ मा निस्किनुभएको थियो ।
त्यसपछि परिवारजनले गत असार २६ मा भगतको हुलिया विवरणसहित प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । पाँच हप्तादेखि बेपत्ता रहँदै आएका भगत गत साउन २९ गते नेपाल लजमा आउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले उपेन्द्र गौरमा मृत अवस्थामा फेला परेको पुष्टि गर्नुभयो ।
उहाँले सम्पर्कविहीन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य जारी राखिएको अवस्थामा रौतहट प्रहरीबाट मृत फेला परेको जानकारी आएको बताउनुभयो ।
यादवको शवमा बाहिरी चोटपटक केही नदेखिएकाले मृत्यु शङ्कास्पद रहेको भगतका भतिजा किरणकुमार भगतले जानकारी दिनुभयो ।
घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्नुहुँदै मृतकको शवलाई पोष्टमार्टमका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताउनुभयो छ ।