सिराज खान
नेपालगन्ज, भदौ ४ गते। सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक जिल्लामा महिला पत्रकारका लागि आयोजना गरेको विशेष ‘तीज ट्यालेन्ट शो प्रतियोगिता–२०८२’ आयोजना गरेको छ।
कोहलपुरमा आयोजना गरिएको सो प्रतियोगितामा महिला पत्रकारले गायन, नृत्य र साहित्यतर्फ आफ्ना कला र प्रतिभा प्रस्तुत गरेको सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियारले बताउनुभयो।
प्रतियोगितामा एकल गायनतर्फ शान्ति सुनार प्रथम, काजल रैका द्वितीय र विमला चौधरी तृतीय हुनुभयो भने साहित्यतर्फ निशु जोशी प्रथम, विद्युत्मा रैका द्वितीय र शान्ति सुनार तृतीय हुनुभयो। सोही प्रकारले नृत्यतर्फ ममता थापा प्रथम, ज्ञानु थापा द्वितीय र सन्ध्या गरै तथा सावित्री गिरी तृतीय हुनुभयो।
प्रतियोगितामा विजयी हुनुभएकाहरलाई कोहलपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख संगिता सुवेदी, लखनउ सिटी अस्पतालका डा. प्रमोदकुमार पाल र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले प्रमाणपत्र, नगद तथा पुरस्कार वितरण गर्नुभयो।