• ५ भदौ २०८२, बिहिबार

काभा महिला नेसन्स लिग भलिबल टुँडिखेलमा

blog

सम्झौता पत्र आदान-प्रदान गरिँदै ।

काठमाडौँ, भदौ ४ गते । काभा महिला नेसन्स लिग भलिबल आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने भएको छ ।

नेपाल भलिबल सङ्घले दर्शकको चापका लागि मध्यनजर गरी खुला मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो । टुँडिखेलमा आठ हजार दर्शक क्षमतको अस्थायी प्यारापिट निर्माण गरी प्रतियोगिता सञ्चालन गरिने सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

सङ्घले प्रतियोगिताको ब्रोडकास्टिङ तथा मार्केटिङ अधिकार हिमालयन टेलिभिजनलाई दिएको छ । प्रतियोगिताको प्रतक्ष्य प्रशारण पनि हिमालयन टेलिभिजनले गर्ने छ ।

ब्रोडकास्टिङ तथा मार्केटिङ अधिकारसम्बन्धी सम्झौता पत्रमा बुधबार सङ्घका अध्यक्ष चन्द र हिमालयन टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्तक्षर गर्नुभयो । 

काभा महिला नेसन्स लिगमा सेन्ट्रल एसियाका आठ देशको सहभागिता रहनेछ । यस लिगलाई विश्व वरियताको सिस्टममा समावेश गर्न एफआईभिबीलाई आग्रह गरिने जानकारी पनि अध्यक्ष चन्दले दिनुभयो ।

प्रतियोगिताका लागि नेपाल सरकारले एक करोड र काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ बजेट दिएको छ ।