• ५ भदौ २०८२, बिहिबार

भारत-चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यी ।

नयाँ दिल्ली, भदौ ४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबिच आज नयाँ दिल्लीमा सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ । उक्त वार्तामा दुबै देशबिचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी चासोका विषयमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो ।

प्रधानमन्त्री मोदीले भारत र चीनबिच आपसी समझदारी र विश्वास बढाउँदै विभिन्न क्षेत्रहरूमा दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, उहाँले सीमासम्बन्धी मुद्दालाई शान्तिपूर्ण संवादद्वारा समाधान गर्दै यस्ता विषयले द्वन्द्वको रूप नलिने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

चीनका विदेशमन्त्री वाङ यीले आफ्नो भारत भ्रमणलाई भविष्यमा उच्चस्तरीय संवाद र सहयोगका लागि मार्ग प्रशस्त गर्ने अवसरका रूपमा लिदै, दुबै पक्षले विभिन्न क्षेत्रमा संवाद संयन्त्र पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले चीन भारतसँग आपसी हितमा आधारित सहयोगलाई अझ सशक्त बनाउन पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । रासस/क्युएनए